कोशी प्रदेश समाचार

सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु ३ घाईते

मोरङ, ७ साउन । मोरङको लेटाङमा सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । मंगलबार दिउँसो लेटाङ नगरपालिका-५ स्थित मदनभण्डारी लोक मार्गमा सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका हुन  । 

अन टेक्स्ट् सिटि सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सिटि चालक लेटाङ-४ का ३९ बर्षीय भिषण राई, सिटिमा सवार ३२ बर्षीय जनम तामाङ, सुनसरी बराहक्षेत्रका २२ बर्षीय संदेश राई र ३० बर्षीय क्षितिज राई घाईते भएका थिए । उनीहरूलाई उपचारका लागि बिराट नर्सिङ होम बिराटनगर लगिएको थियो । उपचारको क्रममा जनम तामाङको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

सिटि चालकलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

   

You cannot copy content of this page