कोशी प्रदेश समाचार समाज

छुरा प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सुनसरी, ०८ साउन । छुरा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन । सुनसरीको देवानगंज गाउँपालिका-३ का ४० बर्षीय मोहम्मद रियाज अंसारीलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान जग्गाको विषयलाई लिएर आपसी वाद विवादको क्रममा आफ्नै बुबा ६० बर्षीय सबिव अंसारीलाई छोरा मोहम्मद रियाज अंसारीले शरिरको बिभिन्न भागमा छुरा प्रहार गर्दा घाईते भएका थिए । घाइते उनलाई तत्काल उपचारको लागी गोल्डेन अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न अंसारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी घटना सम्वन्धमा थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही गरिरहेको छ ।

   

You cannot copy content of this page