समाचार

प्रहरीद्वारा मोटरसाईकलसहित ३ कार्टुन (मामाश्री) कस्तुरी मदिरा बरामद

कञ्चनरूप, ८ साउन । सप्तरी प्रहरीले मोटरसाईकल सहित ३ कार्टुन कस्तुरी मदिरा बरामद गरेको छ । 

नेपालबाट चोरबाटो हुँदै अवैध रुपमा मोटरसाईकलमा लोड गरी ३ कार्टुन (मामाश्री) कस्तुरी मदिरा भारततर्फ लैजाँदै गर्दा प्रहरीले बरामद गरेको हो । 

साउन १ गते ईलाका प्रहरी कार्यालय पातोबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ फत्तेपुर टोल सडक खण्ड स्थितमा नेपालबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी मोटरसाईकल नम्बर नखुलेको बजाज कम्पनीको १२५ सिसि प्लेटीना मोटरसाईकलमा बोरा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रमाण लिएको थियो  ।

संलग्न व्यक्तिले प्रहरी टोलीलाई देखी मोटरसाईकल सोही स्थानमा छाडी फरार भएकोमा वेबारिसे अवस्थामा रहेको उक्त मोटरसाईकलमा लोड गरेको बोरा खोली चेकजाँच गर्दा सो बोरा भित्र (मामाश्री–३ कार्टुन) कस्तुरी ८३ हजार बराबरको फेला परेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिईएको मोटरसाईकल र (मामाश्री–३ कार्टुन) कस्तुरी मदिरा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय राजविराजलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी अधिकृत प्रहरी निरिक्षक उदय कुमार राईले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page