समाचार समाज

सप्तरीको महुलीमा सर्पको टोकाइबाट महिलाको मृत्यु

कञ्चनरूप, ०८ साउन । सर्पको टोकाइबाट सप्तरीको  अग्नीसाईर कृष्णासवरण गाउँपालिका ६ महुली मोहनपुरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया संगिता राई रहेको प्रहरीले जनाएको छ । 

बुधबार राती ९ बजे विषालु सर्पको टोकाइबाट गम्भीर घाइते संगितालाई तत्कालै उपचारका लागि अस्पताल पठाएको थियो । 

राईको उपचारको क्रममा राती १२ बजे गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका चिकित्सकहरुले मृत घोषणा गरेको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष अशोक कुमार आचार्यले जानकारी दिनुभयो ।

वडाध्यक्ष आचार्यका अनुसार राईको शवलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरि घरतर्फ ल्याउने तयारी भइरहेको छ ।

त्यस्तै बुधबार नै कञ्चनरुप नगरपालिका–२ का ४७ वर्षीय राम फल रामलाई सर्पले टोक्दा गम्भीर घाइते भएका छन । उनलाई बुधबार साँझ खेतमा काम गर्ने क्रममा सर्पले टोकेको थियो । 

राम फलको इटहरीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको छ ।

गर्मी बढेसँगै जिल्लामा सर्पको विगविगी बढेको छ ।

   

You cannot copy content of this page