मधेस प्रदेश समाचार

भन्सार छलि नेपाल ल्याउँदै गरेको अबैध सामानसहित मेहता पक्राउ

कञ्चनरूप, ०९ साउन । भारतबाट भन्सार छलि नेपाल ल्याउँदै गरेको अबैध सामान र मोटरसाइकलसहित एक जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । 

सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ का २४ वर्षीय विष्णु कुमार मेहतालाई भारतबाट चोरी पैठारी गरि भन्सार छलेर ल्याएको लाखौंको अबैध सामानसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदेश-०२-०४१ प ८७६५ नम्बरको मोटरसाइकलमा कुनौली  बोडरबाट भन्सार छली राजविराज तर्फ ल्याउदै गरेको क्रमटन मोटर २ थान, एसिएन पेन्टस २ कार्टुन गरि १ लाख ७६ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी अधिकृत प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिनुभयो । 

बरामद सामान, मोटरसाइकल र मेहतालाई आवश्यक कारबाहीका लागि तिलाठी भन्सार कार्यालयमा बुझाएको प्रहरी निरीक्षक राईले बताउनुभयो ।

   

You cannot copy content of this page