समाचार

सप्तरी: सिटीरिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

कञ्चनरूप, १० साउन । सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा शुक्रबार राति करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । 

सप्तरीको रुपनी गाउँपालिका वडा नं २ पौवाँ बिचला टोल बस्ने ४७ वर्षीय बालेश्वर खंग भन्ने कैला खंग र उनकी ४५ वर्षीया पत्नी रामकुमारी खंग दुबै जनाको सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिनुभयो ।

अध्यक्ष यादवका अनुसार घरमा आफुले चलाउँदै आएको सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो । 

स्थानीयका अनुसार सिटी रिक्सा चार्ज गर्न गएका श्रीमानलाई करेन्ट लागेपछि उनलाई बचाउने क्रममा श्रीमतीको समेत करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

यतिखेर यस दुःखद घटनाले गाउँ शोकमा डुबेको र सबैको आँखा रसाएका छन  ।

   

You cannot copy content of this page