कञ्चनरूप, ११ साउन । मधेश प्रदेश सरकारका प्रवक्ता एवम् गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आदिवासि जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थब्यबस्था सुदृढ गरिनु पर्ने बताउनु भएको छ ।
आइतबार सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका अन्तर्गत तुलसी चोकमा आदिवासी जनजाती अनुसन्धान बिकास केन्द्र(CIPRED) नेपालको आयोजनामा”आदिवासी जनजाती खाद्य र अर्थब्यबस्था” भन्ने विषयको दुई दिवसिय अन्तरक्रिया छलफल कार्यक्रममा मन्त्री लेखीले उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका गृहमन्त्री लेखीले कार्यक्रमलाई सम्बोधन गर्दै”आदिवासी जनजाती समुदाय भाषिक, सांस्कृतिक र सामाजिक रुपमा समृद्द समुदाय भए पनि केही सिमित आदिवासी समुदाय बाहेक अन्य आदिवासी जनजाती समुदाय आर्थिक रुपले बिपन्न रहेका छन,ती समुदायहरुको आर्थिक बिकास गर्नु राज्यको दातित्व रहेको बताउनु भयो । वर्तमान समयमा आदिवासि जनजाती समुदायको परम्परागत खाद्य संस्कार लोप हुँदै गएकाले गर्दा वातावरणिय प्रणालीमा समस्या उत्पन्न भएको बताउनुभएको छ। उहाँले भन्नुभयो यसको प्रत्यक्ष असर जलवायु परिवर्तनसंग पनि जोडिएको छ । तसर्थ समृद्द नेपालको निर्माणको लागि आदिवासी जनजाती समुदायको महत्वपुर्ण भुमिका रहने भएको हुँदा परम्परागत खाद्य पहिचान गर्दै आदिवासी जनजाती समुदायको अर्थब्यबस्था सुदृढ गरिनु पर्छ।”भन्ने कुरा बताउनु भएको छ ।

मन्त्री लेखीले भन्नुभयो- “हाम्रो देश नेपाल कृषिप्रधान देशको रूपमा चिनाउन पछी पर्दैनौ तर हामी दैनिक उपभोगका ९५% खाद्यान्न भारतबाट आयात गर्छौ यो कस्तो बिडम्वना हो।”
आदिवासी जनजाती अनुसन्धान बिकास केन्द्रको कार्यकारी निर्देशक पासाङ डोल्मा शेर्पाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण ढकाल ,बेलका नगरपालिकाका उप प्रमुख जिरा राई, सप्तकोसी नगरपालिकाका उप प्रमुख रिता चौधरी, थारु संस्कृति संरक्षण मञ्च नेपालका अध्यक्ष गयानन्द चौधरी,अनुसंधान केन्द्रकि सरिता चौधरी लगायत स्थानिय संघ संस्थाका प्रतिनिधि, आदिवासी समुदायहरुको उपस्थिति रहेको थियो ।



