समाचार

प्रहरीद्वारा भारततर्फ लैजादै गरेको ७४ कार्टुन मामाश्री र दिलवाले मदिरा नियन्त्रण

कञ्चनरूप,११ साउन । भन्सार छली नेपालबाट भारततर्फ लैजादै गरेको ७४ कार्टुन मामाश्री र दिलवाले नामक मदिरा सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । 

सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ कुशहा सडक खण्डबाट भन्सार छली चोरी पैठारी गरि भारततर्फ लाँदै गरेको उक्त मदिरा प्रहरीले  नियन्त्रणमा लिएको हो । 

प्रहरीलाई देखेर टाउकोमा बोरा बोकेर भारततर्फ जाँदै गरेको तस्करहरुले बोरा छाडेर भागेपछी चेकजाँच गर्दा बोरा भित्र ७४ हजार बराबरको मामाश्री र दिलवाले नामक ७४ कार्टुन मदिरा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिनुभएको छ ।

बरामद मदिरा आवश्यक कारबाहीको लागि तिलाठी भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक राईले बताउनुभयो ।

   

You cannot copy content of this page