समाचार

ट्याङ्‍करले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डमा तेल ट्याकंरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने घटनामा अर्का एक जना घाइते भएका छन् । 

सोमबार अपरान्ह ४ः४० बजेतिर भरतपुर महानगरपालिका- २९ चौधकिलोमा नारायणगढ बाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो  ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका-११ बस्ने ३३ वर्षिय सागर कुमालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

अर्का घाइते भरतपुर १४ का ४७ वर्षिय कविराज विश्वकर्माको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

प्रहरीले ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएको छ भने मृतक कुमालको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page