विराटनगर, १२ साउन । मोरङको विराटनगर महानगरपालिका- ६ स्थित धुधुवा खोलामा खेल्ने क्रममा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय दीपक पासवानको ४ वर्षीया छोरी आरुषी पासवान रहेकी छिन् ।
आइतबार अपरान्ह ४ बजे घर नजिकै रहेको धुधुवा खोलामा खेल्ने क्रममा पानीमा डुबिरहेको अबस्थामा आफन्तले फेला पारी उपचारको लागि गोल्डेन अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको थिए ।
घटना सम्बन्धमा अन्य थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

