जीवनशैली समाचार

हिम्मत सिंहलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरिने 

राजविराज, १४ साउन । मानव अधिकार र प्रजातान्तिक आन्दोलनका साथै कानून व्यवसाय क्षेत्रमा निरन्तर क्रियाशील रही योगदान पु¥याउनु हुने सप्तरीको राजविराज नगरपालिका–४ का ८४ वर्षीय हिम्मत सिंहलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको छ ।

वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषको राजविराजमा आज सम्पन्न बैठकले २०८२ का लागि वरिष्ठ अधिवक्ता सिंहलाई सम्मानित गर्ने निर्णय गरिएको कोषका संस्थापक अध्यक्ष बैद्यनाथ झाले जानकारी दिनु भयो । 

राजनीतिबाट सार्वजनिक जीवन सुरु गर्नु भएका सिंह मानव अधिकार, प्रजातान्त्रिक र संघीय लोकतान्त्रिक आन्दोलनमा सक्रिय रही साढे पाँच दशकदेखि हालसम्म कानुन व्यवसाय क्षेत्रमा निरन्तर कटिबद्ध र क्रियाशील हुनुहुन्छ ।

सामाजिक सरोकारका विषयमा चिन्तन गर्नुहुने उहाँ जिल्लाको कानुनी, राजनीतिक हतिहास र अभ्यासमा गहिरो संलग्नता राख्नु हुन्छ एवम् सामाजिक न्याय र सार्वजनिक चासोका मुद्दामा सक्रिय हुनुहुन्छ । सप्तरीको सामाजिक, राजनैतिक परिवेश र मनोविज्ञान सम्बन्धी विश्लेषणमा पोख्त उहाँले जनताको विश्वास जितेर प्रजातान्त्रिक व्यवस्था, संविधानको दिघार्यु र कानुनी संरचना सुदृढीकरण गर्नुपर्ने प्रष्ट विचार राख्दै आउनु भएको छ । कमजोर, पीडित वर्गका पक्षमा कानुनी सेवा तथा न्याय प्रणालीमा सुधार र पारदर्शिताका पक्षधर सिंह युवा कानुन व्यवसायीका लागि मार्गदर्शक हुनुहुन्छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा जन्मनु भई राजविराज नगरपालिका–४ मा स्थायी बसोबास गर्दै आउनु भएका सिंहले सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित ब्रह्मपुरमा पब्लिक रामेश्वर उच्च माध्यमिक विद्यालय र तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित बर्साइनमा आधारभूत विद्यालय स्थापना गर्नुभएको छ । उहाँ नेपाल रेडक्रस सोसाइटीका आजिवन सदस्य र जेपी लोहिया रामेश्वर मेमोरियल ट्रष्टका संस्थापक हुनुहुन्छ । सिंहले वि.स २०७६ मा एमनेस्टी इन्टरनेशनल सप्तरीको अध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गर्नुभएको छ ।

निर्वाचित संसद र मन्त्रीमण्डल विघटन भई वि.स. २०१७ सालमा पञ्चायती व्यवस्था सुरू भएपछि प्रवासित सिंहले भारतबाट प्रकाशित पत्रिकाहरुमार्फत लेख प्रकाशन गर्नुहुन्थ्यो । वि.स. २०२६ मा आममाफी पश्चात नेपाल प्रवेश गरी वकालत प्रारम्भ गर्नुभएका उहाँले २०४२ सालमा वरिष्ठ अधिवक्ताको उपाधि पाउनु भएको हो । जलेश्वर, विरगञ्जमा सुरक्षामा प्रहरी हिरासतमा पर्नुभएका उहाँ २०४६ सालको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते समेत हुनु भएको थियो ।

वरिष्ठ अधिवक्ता सिंहलाई इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा शुक्रबार हुने कार्यक्रममा राजविराजस्थित नेपाल पत्रकार महासङ्घको भवनमा सम्मान गरिने आयोजकले जनाएको छ । 

नुवाकोटको घोप्टेभीरमा २०४९ साउन १६ गते भएको थाइ विमान दुर्घटनामा अधिकारकर्मी प्रकाश काफ्लेको निधन भएको थियो । 

मानव अधिकार, सामाजिक र न्याय क्षेत्रका स्थापित व्यक्तिहरुको उपस्थितीमा हुने कार्यक्रममा इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेल र उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधीश बामदेव ज्ञवालीले सम्मानपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा २१औँ प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित राजविराज नगरपालिका–७ का वैद्यनाथ झाले प्राप्त गर्नु भएको नगद ५१ हजार रुपियाँबाट स्थापना गरिएको कोषमा झाकी आमा चन्द्रादेवी झाले ज्येष्ठ नागरिकका हैसियतले पाउनु भएको सामाजिक सुरक्षा बापतको ५० हजार रुपियाँ र अन्य ३० हजार रुपियाँ जम्मा गर्नुभएको छ । यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहीर ठाकुरले २५ हजार, झाका भतिजा ई. सञ्जयकुमार झाले १५ हजार, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली र मञ्जु शारदाले ५/५ हजार रुपियाँ प्रदान गर्नु भई कोषको रकम १ लाख ७५ हजार रुपियाँ पुगेको छ । उक्त कोषमा झाले पुरस्कार स्वरुप प्राप्त गर्नुभएको अन्य रकम समेत जम्मा गर्दै आउनु भएको छ ।

यो पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानव अधिकार तथा नागारिक आन्दोलनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको कोषले जनाएको छ । सम्मानित व्यक्तित्वलाई सम्मान–पत्र तथा दोसल्ला प्रदान गरिनुका साथै पुरस्कारको राशी वर्षेनी बढाउँदै लगिएको कोषका सचिव मनोहरकुमार पोखरेलले जानकारी दिनु भयो । पोखरेलका अनुसार पहिलो पटक तीन हजार एक सय पाँच रुपियाँ पुरस्कार प्रदान गरिएकोमा कोषको राशी बृद्धिसँगै यो वर्ष पुनः बृद्धि गरी पुरस्कारको राशी ११ हजार रुपियाँ बनाइएको छ  ।

यो पुरस्कारबाट २०७३ सालमा चमार आन्दोलन र भूमि अधिकार अभियन्ता सुरुङ्गा नगरपालिका–४ मधुपट्टी कनकपुरका बलदेव राम, २०७४ सालमा दलितमा सबैभन्दा पछाडि पारिएको डोम जातिको आन्दोलनको अभिन्न अङ्गको रुपमा स्थापित छिन्नमस्ता गाउँपालिका–२ का युक्तिलाल मरिक सम्मानित हुनु भएको थियो ।

यसैगरी २०७५ सालमा गरिव भूमिहीन, सुकुम्बासी र दलित उत्पीडनविरुद्ध कटिबद्ध भई सामाजिक र राजनीतिक आन्दोलनमा सक्रिय अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ हरीहरपुर मट्टिगढाका असर्फी सदा तथा २०७६ सालमा आधारभूत तहका जनता र पीडितहरुको न्यायका लागि मानव अधिकार रक्षकहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्दै अधिकारकर्मी, पत्रकार एवम सामाजिक कार्यकर्ताका रुपमा कलम चलाउन र वकालत गर्न सक्रिय राजविराज नगरपालिका–६ का मनोहरकुमार पोखरेल सम्मानित हुनु भएको थियो ।

राजनीतिक परिवर्तन र सामाजिक न्यायको आन्दोलनमा अविचलित रही योगदान पु¥याउनु हुने खडक नगरपालिका–८ की रुबी कर्णलाई २०७७ सालमा तथा दुई दशकदेखि एकल महिला समूहको नेतृत्वदायी भूमिका निर्वाह गर्दै मानव अधिकार संरक्षण र न्याय प्राप्तिका लागि निरन्तर सक्रिय राजविराज नगरपालिका–७ की अनीता देवकोटालाई २०७८ सालमा सम्मानित गरिएको थियो ।

यसैगरी बाल मन्दिर राजविराजमा २३ वर्षसम्म अध्यापन गर्नु भई शैक्षिक र सामाजिक जागरणको अभियानमा अविचलित रही योगदान पु¥याएकोमा राजविराज नगरपालिका–५ का ७३ वर्षीय हितनारायण लाल दास ०७९ मा सम्मानित हुनु भएको थियो । राजविराजको उद्योग, व्यापारको विकासमा समर्पित रही अल्पसंख्यक माडबाडी समुदायको अभिभावकत्व गर्दै अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्ध खरो ढंगले आवाज उठाउँदै आउनु भएका राजविराज नगरपालिका १ का थानसिंह भन्सालीलाई ०८० सालमा र सीमान्तकृत दलित, गरिबको चेतना विकास र अधिकारको संरक्षणमा योगदान गर्नुहुने रुपनी गाउँपालिका ६ तेरहौताका दिलिप कुमार चौधरीलाई २०८१ सालमा सम्मानित गरिएको थियो ।

नगरपालिका–५ का ७३ वर्षीय हितनारायण लाल दास ०७९ मा सम्मानित हुनु भएको थियो । राजविराजको उद्योग, व्यापारको विकासमा समर्पित रही अल्पसंख्यक माडबाडी समुदायको अभिभावकत्व गर्दै अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्ध खरो ढंगले आवाज उठाउँदै आउनु भएका राजविराज नगरपालिका १ का थानसिंह भन्सालीलाई ०८० सालमा र सीमान्तकृत दलित, गरिबको चेतना विकास र अधिकारको संरक्षणमा योगदान गर्नुहुने रुपनी गाउँपालिका ६ तेरहौताका दिलिप कुमार चौधरीलाई २०८१ सालमा सम्मानित गरिएको थियो ।

   

You cannot copy content of this page