अर्थतन्त्र समाचार

घट्यो पेट्रोलकाे मूल्य, डिजेल,मट्टितेल र हवाई इन्धनको बढ्यो (सूचीसहित)

सप्तरी । नेपाल आयल निगमले पेट्रोलकाे मूल्य घटाएको छ भने डिजेल–मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ । 

राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटबढ गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँले सस्तो भएको छ। तर, डिजेल र मट्टितेल दुवैको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ । त्यसैगरी, आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य समेत उल्लेखनीय रूपमा बढाइएको छ। काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा बिक्री हुने हवाई इन्धन प्रति किलो लिटर २१ अमेरिकी डलरले महँगिएको निगमले जनाएको छ।

   

You cannot copy content of this page