समाचार समाज

हनुमाननगरमा २६ वर्षीया महिला झुण्डिएको अवस्थामा मृत फेला

कञ्चनरूप, १५ साउन । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रम्पुरा टोलमा बुधबार एक २६ वर्षीया महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । स्थानीय राम नारायण साहकी पत्नी अमिला देवी साह आफ्नै टिनको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन । 

घटनाबारे जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले मृतकको शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको जानकारी दिएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मृतक अमिलाका ७ र ५ वर्षीया दुई छोरा छन् ।

   

You cannot copy content of this page