मधेस प्रदेश राजनीति

मन्त्री लेखीद्वारा संकटग्रस्त क्षेत्रका समस्या सामाधानका लागि सरोकारवालासँग छलफल

राजविराज, १६ साउन । मधेश प्रदेस सरकारका प्रवक्ता तथा गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मधेसको संकटग्रस्त क्षेत्रका समस्या सामाधानका लागि शुक्रबार सरोकारवालाहरु संग विशेष छलफल गर्नु भएको छ । 

संकटग्रस्त क्षेत्रको समस्या सामाधानको लागि गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो । 

मधेश प्रदेस लगायत तराईको भुभागमा लामो समयदेखि वर्षा नभए संगै खानेपानी लगायत कृषि क्षेत्रमा समस्या उत्पन्न भएको र वर्षा याममा पनि वर्षा नहुदा सुख्खा खडेरी तथा खाद्यान्न संकट र खाने पानी सम्बन्धी समस्या उत्पन्न भए संगै गृहमन्त्री लेखी गम्भीर रुपमा बिपद प्रतिकार्यमा जुट्नु भएको छ ।

पानीको लेभल कम भए पश्चात् प्रदेशका विभिन्न स्थानमा खाने पानीको समस्या हुना साथ गृह मन्त्रालयले बारुण यन्त्र, ट्यांकर प्रयोग गरि पिउने पानी बितरणको कार्यक्रम अघि सारेको मन्त्री लेखीले बताउनु भयो । मन्त्रालयले बिपद प्रतिकार्यको लागि कृषि र खानेपानी मन्त्रालयको सहकार्यमा विभिन्न कार्यक्रम संचालन गर्नुका साथै दातृ निकायहरुसँग सहयोगको लागि अपिल समेत गरिसकेको मन्त्री लेखीले जानकारी दिनुभयो ।

मन्त्री लेखीले सरोकारवालाहरुसंगको कार्यक्रममा वर्तमान समस्याले दिर्घकालिन रुपमा असर गर्ने भएको बताउँदै आफू चिन्तित रहेको र समस्या समाधानको लागि आफू गम्भीर रुपमा लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।

मन्त्री लेखीले वर्तमान संकट दिर्घकालीन असर पार्न सक्ने भन्दै आफू गम्भीरतापूर्वक प्रतिकार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले सरोकारवाला निकायहरूसँग तत्कालीन समस्या समाधान र दीर्घकालीन योजना निर्माणका लागि सुझाव समेत लिनुभएको थियो ।

मधेश प्रदेश सरकारले निकट भविष्यमा प्रभावकारी राहत तथा दीर्घकालीन समाधानका कार्यक्रम अघि सार्ने तयारी गरेको जनाइएको छ ।

   

You cannot copy content of this page