कञ्चनरूप, १९ साउन । सप्तरीमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ४ का २२ वर्षीय मुकेश कुमार साह रहेको सप्तरी प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो घरमा रहेको विद्युतीय मोटर जोडेर पानी तान्ने क्रममा करेन्ट लाग्दा मुकेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकको शव राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

