काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।
बोर्ड अन्तरगत परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै परीक्षा तालिका र आवेदन प्रक्रियाबारे जानकारी दिएको छ ।
सूचना अनुसार परीक्षा २०८२ साल भदौ २८ र २९ गते सञ्चालन हुनेछ । परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म चल्ने बोर्डले जनाएको छ ।


