समाचार

सप्तकोसी नदीमा पानीको बहाव १ लाख ६४ हजार क्युसेक

कञ्चनरूप, २० साउन । लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा मंगलबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ ।

मंगलबार बिहान ९ बजेको मापनअनुसार १ लाख ६४ हजार ४९० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ । सोमबार राति १० बजे गरिएको मापनअनुसार १ लाख ७९ हजार ७४० क्युसेक प्रतिसेकेण्ड रहेको थियो ।

अहिले ५६ वटा ढोकामध्ये १९ वटा खुला गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ ।

कोशी ब्यारेज भएर १ लाख ५० हजारभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातोबत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

   

You cannot copy content of this page