समाचार

सप्तरीको बरमझियामा अजिङ्गर फेला, कोशी टप्पु आरक्षमा छाडियो

कञ्चनरूप, २० साउन । सप्तरीको कञ्चनरूप नगरपालिकामा मंगलबार दुई मिटर लामो दुर्लभ अजिङ्गर फेला परेको छ । कञ्चनरूप नगरपालिका–२ बरमझिया बस्ने दिगम्बर झाको घरमा दुई मिटर लम्बाइ भएको आठ किलोबराबरको दुर्लभ अजिङ्गर फेला परेको हो । 

अजिङ्गरको उद्धार गरी कोशी टप्पु वन्यजन्तु आरक्षमा छोडिएको छ । 

कोशी टप्पु वन्यजन्तु आरक्षको वदगामा पोस्टका दिलिप कुमार नेपाली र प्रहरी जवानहरूको सहयोगमा अजीङ्गरको उद्धार गरिएको स्थानीय कमल किशोर गुप्ताले जानकारी दिनुभयो ।

वर्षाको समयमा खोला, नदीको पानीमा बगेर अजिङ्गर आएको अनुमान गरिएको छ ।

   

You cannot copy content of this page