समाचार

सुनसरीबाट जाली नोट सहित सप्तरीका दुई युवक पक्राउ

कञ्चनरूप, २० साउन । सुनसरीबाट जाली नोट सहित सप्तरीका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा ०२ का राजेश कुमार रजक र वडा ०१ का राजेश चमार रजक रहेका छन् । 

मंगलबार कोशी गाँउपालिका वडा ०८ बाट सुनसरी प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको लु.९२ प.२३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाली नोट सहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट जाली नोट ने. रू. १ हजारको  ३८ थान बरामद गरेको छ  । 

जाली नोट सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

   

You cannot copy content of this page