समाचार

सप्तरीको राजगढमा तस्कर र प्रहरीबीच भिडन्त, गोली लागेर एककाे मृत्यु

राजविराज, २१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा तस्कर र प्रहरीबीच मंगलबार राति गोली हानाहान भएको छ‌ । मदिरा तस्करी नियन्त्रण गर्न पुगेका नेपाल प्रहरीमाथि तस्कर समुहले ढुङ्गा मुढा तथा गोली नै प्रहार गरेपछि प्रहरीले समेत गोली फायर गरेको छ ।

तस्कर र प्रहरी बिच भएको भिडन्तमा गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको छ । प्रहरीले तस्करहरूलाई पक्राउ गर्ने क्रममा भारतीय तस्करले  प्रहरीमाथि गोली चलाउँदा नेपाल प्रहरीको जवाफी फायरिङको क्रममा यादवको गोलि लागेर घटनास्थलमै मृत्यु भएको  हो ।

यता तस्करको गोली लागि एक प्रहरी समेत घाइते भएका छन ।

   

You cannot copy content of this page