समाचार

सप्तरीमा बसले ठक्कर दिँदा साइकलयात्री चौधरीको घटनास्थलमै मृत्यु 

कञ्चनरूप, २४ साउन । सप्तरीमा बसले साइकललाई पछाडीबाट ठक्कर दिंदा शनिबार बिहान साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ स्थित चाँदनी चौकमा शनिबार बिहान ६ बजेको समयमा बसको ठक्करबाट साइकल यात्री स्थानीय सितापुर निवासी ६८ वर्षीय बुदुर चौधरीको घटना स्थलमै मृत्यु भएको हो । 

पश्चिमबाट पूर्व तर्फ गइरहेको प्र १-०१-००१ख ४५६० नम्बरको बसले सोही दिशातर्फ बाट जाँदै गरेको साइकल यात्रीलाई पछाडीबाट ठक्कर दिंदा चौधरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

चौधरी विहान मुख्य सडक हुँदै धानखेत तर्फ जाँदै गरेको स्थानीयले बताएका छन् । 

घटना स्थलमा प्रहरी खटी मृतक चौधरीको शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाएने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page