धर्म संस्कृति समाचार समाज

कञ्चनरूपमा नेवा समाजद्वारा दिवङ्गत आफन्तको सम्झनामा सामूहिक गाईजात्रा

कञ्चनरुप , २५ साउन । कञ्चनरूपमा सामूहिक गाई जात्रा निकालिएको छ । नेवा समाज कञ्चनरुप नगर कमिटीको आयोजनामा आइतबार गाई जात्रा निकालिएको हो । ‘भाषा, संस्कृति तथा परम्पराको जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ आफ्ना दिवङ्गत आफन्तहरूको सम्झनामा सामूहिक गाई जात्रा निकालेका हुन् ।

उक्त अवसरमा नेवारी पोशाकमा सजिएका महिला तथा पुरुषहरूले नेवारी भाषाका गीतमा नृत्य प्रस्तुत गर्नुका साथै लाखे नाच पनि देखाएका थिए ।

नेवारी समुदायमा एक वर्षभित्र मृत्यु भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईको स्वरूपमा सजाएर परिक्रमा गराउने परम्परा छ । जनविश्वास अनुसार यसो गर्दा मृतकले गाईको पुच्छर समाई वैतरणी नदी पार गर्दछन् ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा आइतबार कञ्चनरुपका नेवार समुदायले विभिन्न स्थानबाट सांस्कृतिक लाखे झाँकी निकालेका थिए । 

बालबालिकालाई पञ्चकन्याको रुपमा सिंगारेर र गाईको फोटो बनाइ सिँगारेर सांस्कृतिक झाँकी निकालिएको छ भने केहीले आफ्नो दिगंवत भएका पितृहरुलो पुत्ला बनाइ सिँगारेर झाँकी प्रदर्शन गरेका थिए । 

कञ्चनरुपको वडा नम्बर १२ स्थित श्रावणपुर , बस्तिपुर , सितापुर , चर्खिया ,प्रगतिटोल , सुन्दरी टोल , रुपनगर चोक रुगालि टोल र धाता हटियामा परम्परागत  लाखे झाकि निकालिएको थियो ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । यसरी निस्किएका सांस्कृतिक झाँकीसहितको गाईजात्रा हेर्ने दर्शकको पनि सडकका दायाँबायाँ घुइँचो लागेको थियो ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

त्यसै अनुरुप कञ्चनरुप १२ का मित्रनारायण श्रेष्ठको परिवार , दिर्घनारायण श्रेष्ठको परिवार र रामबहादुर श्रेष्ठको परिवारले आफ्नो एक बर्ष भित्र स्वर्घारोहण भएका आफ्ना पितृहरुको पुत्ला बनाइ पूजाआजा गरि पितृ प्रशाद खुवाइ झाकिको परिक्रमा गरि सकेपछि पौडाहा खोलामा लगि पुत्लालाई सेलाइ धुपबत्ति गरि घरमा आइ झाकिमा सहभागी भएका सबैलाई खाना खुवाएका थिए ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको भन्ने जनश्रुति पाइन्छ । 

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाउने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्दछ । 

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । गाइजात्रा पर्व उल्लेख्य नेवार समुदाय र अन्य जातजातिको सहभागितामा सप्तरी जिल्लामै पहिलो पटक भएको नेवा समाजका अध्यक्ष कौशल श्रेष्ठले बताउनुभयो ।

   

You cannot copy content of this page