समाचार

कञ्चनरूपमा राहत शिक्षकको धर्ना 

कञ्चनरूप, २५ साउन । राहत शिक्षकहरूले आइतबार कञ्चनरूप नगरपालिकाको मूलगेटमा धर्ना दिएका छन् । नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति कञ्चनरूपको अगुवाइमा शिक्षकहरु धर्ना बसेका हुन् ।

गत वर्ष शिक्षक महासंघले काठमाडौंमा गरेको २९ दिने आन्दोलनपछि भएका सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै राहत शिक्षकहरु देशभर आन्दोलित भएका छन् । 

राहत शिक्षकको स्थायी व्यवस्थापनमा चासो नदिइएपछि आन्दोलित हुनुपरेको राहत शिक्षकहरुको भनाइ छ ।

केन्द्रीय समितिको आह्वानमा आइतबार देशभरका स्थानीय तहमा राहत शिक्षकहरुले धर्ना कार्यक्रम गरेका छन् ।

   

You cannot copy content of this page