राजविराज । सप्तरीको शम्भूनाथ नगरपालिका वडा नम्बर ८ पोखरियामा सोमबार बिहान टेम्पो र मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
भित्री सडक खण्डमा पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स १०२५ नम्बरको टेम्पो र विपरित दिशाबाट आँउदै गरेको मधेश प्रदेश ०१–००५ प ५७३३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालकको तत्काल नामथर वतन नखुलेको वर्ष २५ को शरीरको विभिन्न भागमा चोट लागि उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज ल्याई उपचारको क्रममा ईसिजी गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
टेम्पो चालक शम्भुनाथ नगरपालिका वडा नम्बर ८ पोखरिया बस्ने वर्ष ४५ को मणिलाल मण्डलको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको र सोही टेम्पोमा सवार उनकी ४० वर्षीय श्रीमती आशा देवी मण्डलको टाउकोमा चोट लागेको छ । दुबै जनाको अवस्थामा मध्यम रहेको छ ।
घाईते दुवै जनाको कल्याणपुर अस्पतालमा उपचार भई रहेको छ भने टेम्पो र मोटरसाइकल प्रहरी चौकी कठौनाको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ ।
मृतकको शव सोही अस्पतालमा रहेको र घटना बारे थप अनुसन्धान भईहरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

