राजनीति

प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद्घाटन गर्नुहुने

राजविराज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरी मधेश प्रदेशको नवनिर्मित भवनको साउन ३० गते उद्घाटन गर्नुहुने भएको छ । 

मधेश प्रदेश सरकारको करिब २५ करोडको लागतमा निर्माण भएको अत्याधुनिक भवनको उद्घाटनका लागि प्रधानमन्त्री जनकपुरधाम आउन लाग्नुभएको मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले जानकारी दिनुभयो । 

बहु वर्षे योजना अन्तर्गत प्रदेश सरकारले निर्माण गरेको सो भवनमा प्रहरीका विभिन्न शाखा रहने छन् । 

मधेश प्रदेश प्रहरीको आफ्नो भवन नभएपछि हाल भाडामा बस्दै आएको छ । 

जनकपुरधामको वडा नंं ४ मा नव निर्मित भवनले मधेश प्रदेश प्रहरीको कार्यक्षमतामा विस्तार हुने विश्वास प्रदेश सरकारको रहेको छ ।

   

You cannot copy content of this page