समाचार समाज

सप्तरीमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला 

कञ्चनरूप, २७ साउन । सप्तरीको तिलाठ-कोईलाठी गाउँपालिका-७ सडेपाल टोल स्थित एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । स्थानीय हाकिम मंशुरीकी १७ वर्षीया छोरी गुलशन खातुन मंगलबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । 

मंगलबार बिहान ९ बजेको समयमा आफ्नै घरको छेउमा रहेको छाप्रो भित्र बाँसको बलोमा कपडाको सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृतक गुलशनको शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रकृया अगाडि बढाइएको सप्तरी प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page