कञ्चनरूप, २७ साउन । सप्तरीको तिरहुत गाउँपालिका– १ त्रिकोलमा मंगलबार दिउँसो करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । स्थानीय ४० वर्षीय धुपेन्द्र बिराजीको सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
सिलिङ पंखा जोड्ने क्रममा अचान करेन्ट लाग्दा धुपेन्द्र गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्काल उपचारको लागि भारदह अस्पताल पु¥याउँदा अस्पतलाले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतको शव सोही अस्पतालमा रहेको तथा घटनाबारे थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

