समाचार समाज

सप्तरी: स्रोत नखुलेको २० लाखबढी रकमसहित दुई जना पक्राउ 

कञ्चनरूप, २९ साउन । सप्तरीमा स्रोत नखुलेको २० लाख १८ हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।  सप्तरीको सप्तकोसी नगरपालिका ४ स्थित तुलसी चौकबाट बिहीबार साँझ उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमि गाउँपालिका ३ का २१ बर्षिय जीवन लमजेल र सोही ठाउँका २८ बर्षिय आयन राई रहेका छन्। 

प्रहरी चौकी फत्तेपुरबाट प्रहरी नायव निरीक्षक पानालाल प्रसाद चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले कंचनपुरदेखि फत्तेपुरतर्फ जाँदै गरेको को ३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । 

पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय कंचनपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।

   

You cannot copy content of this page