मधेस प्रदेश राजनीति

प्रधानमन्त्री ओली आज मधेस प्रदेश आउनुहुँदै  

सप्तरी, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेस प्रदेश आउँदै हुनुहुन्छ । मधेस प्रदेशको गृह,सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको निमन्त्रणामा उहाँ आज बिहान साढे ११ बजे हेलिकप्टरबाट जनकपुर आउँदै हुनुहुन्छ ।

मधेस प्रदेश सरकारको साढे २३ करोडभन्दा बढीको लागतमा जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ मा कुल ४ बिघा १९ कट्ठा क्षेत्रफलमा बनेको मधेस प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउन लाग्नु भएको हो ।

मधेस प्रहरीका प्रमुख उमा प्रसाद चतुर्वेदीका अनुसार प्रधानमन्त्री ओलीले आजै धनुषा र महोत्तरीको एक एक वटा सडकको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ । 

प्रधानमन्त्रीको आगमनलाई मध्यनजर गर्दै जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरि सुरक्षा व्यवस्था कडा पारेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

उद्घाटन कार्यक्रममा सहभागी हुनका लागि प्रदेशका ८ वटै जिल्लाका प्रहरी कमान्डरहरूलाई जनकपुर आइपुग्न प्रदेश प्रहरीले निर्देशन समेत दिएको छ । 

प्रधानमन्त्री ओली साउन महिनामा मात्रै दोस्रोपटक मधेस प्रदेश भ्रमणमा आउन लाग्नुभएको हो ।

   

You cannot copy content of this page