कञ्चनरूप, ३० साउन । सप्तरी प्रहरीले १ सय २५ किलो लागूऔषध गाँजा बरामद गरेको छ । सप्तरीको सुरुङा नगरपालिका ११ महेशपुरमा शुक्रबार बिहान १ सय २५ किलो लागूऔषध गाँजा बरामद भएको हो ।
विशेष सूचनाको आधारमा पुगेको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले बेवारिसे अवस्थामा आँप बगैचामा सेतो प्लाष्टिकको बोरामा हरियो प्लाष्टिकले बेरेको अवस्थामा ५ वटा पाेका गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बरामद गाँजा इलाका प्रहरी कार्यालय कडोरबनामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

