कञ्चनरूप, ३१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका ८ चाँदनी चोक स्थित चन्द्र नहरमा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ । कञ्चनरूप-७ बलुवा चोक बस्ने नटाई चौधरीको छोरा बर्ष ५० को गोबिन्द चौधरी मृत अवस्थामा फेला परेका हुन ।
शनिबार दिउँसो १:३० बजेको समयमा चन्द्र नहरमा चौधरीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै प्रहरी घटना स्थलमा पुगी उक्त शव पानीबाट बाहिर निकालि शव जाच मुचुल्का लगाएतको कार्य गरेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
मृतक चौधरीको शव पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

