विराटनगर । प्रेस चौतारी नेपाल विराटनगर महानगर समिति गठन गरिएको छ । विराटनगरमा शुक्रबार सम्पन्न भेलाले निशान्त ढुंगानाको अध्यक्षतामा ७ सदस्यीय प्रेस चौतारी विराटनगर महानगर समिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा रश्मी थापा, सचिवमा रोशन पोखरेल, कोषाध्यक्षमा सम्झना कार्की रहेका छन् । सदस्यहरूमा सुजाता राई, राम खत्री र काजल देव रहेका छन् ।
प्रेस चौतारी नेपाल मोरङकी अध्यक्ष चीना थापाको अध्यक्षता तथा प्रेस चौतारी नेपाल केन्द्रिय सचिव (प्रचार तथा प्रशिक्षण) विक्रम लुईटेलको प्रमुख आतिथ्यतामा समिति गठन भएको थियो ।
कार्यक्रममा बोल्दै सचिव लुईँटेलले मेहनत गर्ने व्यक्तिहरुलाई पत्रकारितामा पेशामा पनि अवसर रहेको बताए । उनले पत्रकारिता पेशाबाट राम्रो गर्नेहरु धेरै रहेको बताउँदै खोजमूलक समाचारमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘पत्रकारिता पेशामा जाँगर चलाउने, खोज्न सक्ने तथा विषयवस्तु बुझने र लेखन क्षमता राम्रो भएकाहरु पेशामा टिक्छन्’, उनले भने, टिक्नको लागि लेखन क्षमता बढाउँदै प्रमाणमा आधारित भएर समाचार लेख्न सक्नुपर्छ ।’
कार्यक्रममा प्रेस चौतारी कोशी अध्यक्ष सुमन पुरी, एमाले मोरङ उपसचिव तथा प्रचार विभाग प्रमुख सन्तोष बान्तवा, एमाले महानगर कमिटी सचिव विज्ञान शर्मा लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, शुक्रबार नै बसेको प्रेस चौतारी मोरङको बैठकले २० जना पत्रकारलाई नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । यससँगै मोरङको सदस्य संख्या १११ पुगेको अध्यक्ष छ ।
कार्य समिति बैठकले आगामी भदौ ३ गते विराटनगरमा तीज कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।

