कञ्चनरूप, ३१ साउन । सप्तरीको खडक नगरपालिका ९ स्थित लालपट्टीमा सर्पले टोक्दा एक जनाको मृत्यु भएको छ । स्थानीय बन्दुलाल साहको श्रीमती बर्ष ७० की भुलुर बती साहको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
शुक्रबार साँझ ६ बजेको समयमा आफ्नै खेतमा पानी पठाउने क्रममा कुन सर्पले भुलुर बतीको बाँया हातमा टोकेको थियो । तत्काल उनलाई श्री बरख गण सर्पदंश उपचार केन्द्र कल्याणपुर सप्तरीमा लगि सामान्य उपचार पश्चात थप उपचारको लागि फुल कुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा सिरहा लगिएको मा ९:५८ बजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

