कञ्चनरूपमा आइतबार सार्वजनिक विदा
उत्सव आचार्य
कञ्चनरूप, ३१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिकाले हिन्दु धर्मालम्बीहरुको पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा क्षेत्रभर आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको छ।
नगरपालिकाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भदौ १ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आइतबार नगरपालिका, वडा कार्यालय, विद्यालय र आकस्मिकबाहेकका स्वास्थ्य संस्था बन्द रहनेछन् ।
सूचनामा भनिएको छ श्रीकृष्ण जन्माष्टमीको अवसरमा विभिन्न स्थानमा मेला लाग्ने भएकोले उक्त १ दिन स्थानीय विदा दिईने हुँदा उक्त दिनमा अत्यावश्यक सेवा वाहेक यस नगरपालिका अन्तर्गतको नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा सम्पूर्ण विद्यालयहरु बन्द रहने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।


