कञ्चनरुप, १ भदौ । नेपाल पूर्व प्रहरी संगठन कञ्चनरुप नगर कार्य समिति सप्तरीले ३५ औं पूर्व प्रहरी दिवस भब्य रुपमा मनाएको छ ।
आइतबार १२ नम्बर वडा कार्यालय रुपनगरको सभा हलमा आयोजित ३५ औं स्थापना दिवसको कञ्चनरुप नगरपालिकाको उप प्रमुख मुना कुमारी पोखरेल र ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले संयुक्त रुपमा पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।
सो कार्यक्रम बोल्दै उपप्रमुख पोखरेलले सेवा नै धर्म हो भने झै पुर्व प्रहरी संगठनमा लाग्नु भएका सबैले संगठनको हितका साथै समाजको हितमा काम गरेर इतिहास रच्नु पर्ने बताउनुभयो । पूर्व प्रहरी संगठनको भवन निर्माण र तालिमका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले सबैको साथ सहयोगले गर्दा शान्ति सुरक्षा ,अपराध नियन्त्रण र जनताका सामान्य समस्यालाई आफूले सहज तरिकाले सुविधा प्रदान गर्न पाएकोमा खुशि व्यक्त गर्नुभयो । उहाँले अझ प्रहरी संगठनलाई मजबुत बनाउन सबै पक्षको साथ र सहयोग आवश्यक रहेको समेत बताउनुभयो ।
प्रहरीको सेवाबाट अवकाश प्राप्त भएपछि पुर्व प्रहरीहरुको हकहित र संरक्षण गर्नका लागि पुर्व प्रहरी संगठनको स्थापना भएको बताउनुभयो ।
१२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्रीले पुर्व प्रहरी संगठन नगर कार्य समितिका पदाधिकारीहरुले पुर्व प्रहरी संगठनमा आवद्ध साथीहरुको सेवा सुविधा प्रदान गर्न कटिबद्ध भएर लाग्नु पर्ने र त्यसका साथै बिकास निर्माणका काममा समेत अगुवाई गर्नु पर्ने बताउनुभयो । पूर्व प्रहरी संगठनको हकहितका लागी आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
स्वागत मन्तब्य अमर श्रेष्ठले गर्नुभयो थियो भने पूर्व प्रहरी संगठन नगर कार्य समितिका अध्यक्ष पूर्व प्रहरी नायब निरीक्षक जितबहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

