समाचार

सप्तकोसीमा मोटरसाइकलले सिटिलाई ठक्कर दिँदा ६ जना घाइते 

कञ्चनरूप, १ भदौ । सप्तरीको सप्तकोशी नगरपालिका २ पर्शा स्थित कन्चनपुर फत्तेपुर सडक खण्डमा मोटरसाइकलले पछाडिबाट सिटिलाई ठक्कर दिँदा आधा दर्जन व्यक्ति घाइते भएका छन् ।

आइतबार दिउँसो २ बजेको समयमा कन्चनपुरबाट फत्तेपुर तर्फ जादै गरेको प्र १-०२-००४ ह ८८२२ को सिटि सफारीलाई सोही दिशा तर्फ जादै गरेको प्र १-०५-००२ प १४६ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक उदयपुर चौदण्ढीगढी नगरपालिका ५ बस्ने मनोज चौधरीको छोरा बर्ष २६ संदिब चौधरी(सचाअप) घाइते भएका छन् । उनको स्थानिय किरण पोलीकिल्निकमा उपचार भईरहेको छ भने दुबै घुडा, दाँया हातमा र मुखमा चोट लागि अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

त्यसैगरी दुर्घटनामा सिटिसफारीमा सवार सप्तकोशी नगरपालिका ७ बस्ने वडा सदस्य बर्ष अ ५० कि बिमला चौधरी, सोही ठाउँ बस्ने बर्ष १८ कि एलिना चौधरी (टाउकोमा चोट अबस्था समान्य), सप्तकोशी ६ बस्ने बर्ष १८ कि अनु थापामगर (टाउकोमा चोट अबस्था सामन्य), बर्ष १८ कि सबिना चौधरी (टाउकोमा चोट अबस्था सामान्य) र सिटिसफारी चालक सोही ठाउँका बर्ष २५ को भाजु बहरदार रहेका छन् । उनीहरुको स्थानीय किरण पोलीकिल्निकमा उपचार भईरहेको छ । 

दुबै सवारी साधनलाई प्रहरी चौकी फत्तेपुरले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page