समाचार

सप्तरीको कञ्चनरूपमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु 

कञ्चनरूप, १ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित पिप्रामा शनिबार राति करेन्ट लागेर एक दम्पतिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय (जिआइ) तार खुला (करेन्ट) छाडेका थिए । सोही खुला बिछ्याइएको तारमा परेर सरदार दम्पतीको निधन भएको हो।

उनीहरु आफ्नो घरदेखि करिब १ सय ५० मिटर पूर्वमा रहेको खेतमा जाँदै गरेका जनाइएको थियो । खेतमा जाने क्रममा सरदार दम्पतीलाई त्यहाँ बिछ्याइएको तारमा करेन्ट लागेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page