कञ्चनरूप, १ भदौ । सप्तरीको तिरहुत गाउँपालिका–४ स्थितमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन । सुनसरीको दुहबी नगरपालिका–११ तन्मुनाका ५० वर्षीय जगदिश मेहता झुण्डिएको अवस्थामा मृत फेला परेका हुन ।
प्रहरीका अनुसार मृतक मेहता विगत ४/५ दिनदेखि सप्तरीको तिरहुत–४ स्थित शिवशक्ती होटलमा काम गर्दै आएका थिए ।
आइतबार बिहान करिब ६ बजेतिर मेहता बस्दै आएको घर देखि नजिकै रहेको मुन्गाको रुखको हाँगामा गम्छाको पासो लगाएर झुण्डिएको अवस्थामा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
मृतक मेहताको शव परिक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको तथा घटना बारे थप अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

