कोशी प्रदेश समाचार

धरानबाट ७२ किलो गाँजा सहित पाँच जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२०, ओशो पार्क नजिकैको जंगलबाट प्रहरीले ठूलो परिमाणको गाँजा सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । 

आइतबार बिहान करिब ८ बजेको समयमा विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले गाँजा सहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–२० का ३० वर्षीय रुपेश राई, २८ वर्षीय मिलन राई , २५ वर्षीय रञ्जित राई, धरान–१३ का ३१ वर्षीय सन्तोष राई र मूल घर धनकुटा, सहिदभूमि–३ हाल इटहरी–१० बस्ने वर्ष ३४ का प्रदीप राई रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट कालो प्लास्टिकको बोरा भित्र ६ पोका पारेर राखिएको ७२ किलो (बहत्तर किलो) गाँजा फेला पारेको थियो ।

प्रहरीले बरामद गाँजा र पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

   

You cannot copy content of this page