राजनीति समाचार

राजगढ गाउँपालिका ५ का वडा अध्यक्ष साहको निधन 

राजविराज, ४ भदौ । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षको निधन भएको छ ।

वडा नम्बर ५ मलेकपुरका वडा अध्यक्ष दुःखीलाल भनिने देबेन्द्र साहको उपचारका क्रममा मंगलबार राति चिवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको हो ।

७० वर्षीय वडा अध्यक्ष साह लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

साह २०७९ साल बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ४९७ मत ल्याएर जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित हुनुभएको थियो ।

वडा अध्यक्ष साहको निधन भएको शोकमा आज गाउँपालिकामा शोक विदा दिइएको छ ।

   

You cannot copy content of this page