कञ्चनरूप, ४ भदौ । सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–२ सितापुरमा एक युवती धान खेतमा मृत अवस्थामा फेला परेकी छन् । बुधबार बिहान जिल्लाको शम्भुनाथ नगरपालिका–६ लतियाहीकी ३२ वर्षीया रामकुमारी चौधरी धान खेतको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन् ।
छारे ( मृगी) रोगबाट पीडित युवती स्थानीय लक्ष्मी चौधरीको धान खेतमा मृत भेटिएकी प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय महुली र ईलाका प्रहरी कार्यालय कंचनपुरको प्रहरी टोली घटना स्थलमा पुगी मुचुल्कासहित कानूनी प्रक्रिया पूरा गरि शव परिक्षणका लागि राजविराज पठाइएको प्रहरीले जनाएको छ ।
एक्लै खेतमा धान गोड्ने क्रममा रोगले च्यापेपछी खेतमा जमेको पानीमा डुवेर यूवतीको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनलाई पानीमा डुवेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटना स्थलमा मृतकको आफान्तहरु बोलाए शवको पहिचान गरिएको प्रहरीले जनाएको छ। मृतकका आफन्तहरुका अनुसार मानशिक सन्तुलन ठिक नभएकी उनी ७ बर्षदेखि विभिन्न स्थानमा गएर मागी खाने गर्थीन् ।
छारेरोगले बेलाबखत बेहोस भइरहने परिवार श्रोतले जनाएको छ ।

