समाचार

गर्भपतन मुद्दाका फरार प्रतिवादी खंग पक्राउ 

कञ्चनरूप, ५ भदौ । गर्भपतन मुद्दाका एक फरार प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । गर्भपतन मुद्दाका प्रतिवादी सप्तरीको विष्णुपुर गाउँपालिका १ मलेकपुरका अरविन्द मण्डल खंगलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

अदालतले खंगलाई गर्भपतन मुद्दामा ४ महिना कैद सजाय तोकेको थियो । 

सप्तरी जिल्ला अदालत राजविराजबाट गर्भपतन मुद्दामा बरदात पश्चात् फरार रहेका मण्डललाई नियन्त्रणमा लिई बिहीबार जिल्ला अदालत राजविराजमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page