समाचार

सप्तरीका सिडिओ भोला दाहालको सरुवा, टुवराज पोखरेल आउँदै

कञ्चनरूप, ५ भदौ । सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालको सरुवा भएको छ । उहाँको दोलखा जिल्ला प्रशासन कार्यालयमा सरुवा भएको हो ।

त्यस्तै सप्तरीको नयाँ सिडिओमा धनकुटाका टुवराज पोखरेल आउने हुनुभएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी दाहालको सरुवा भएपछि पोखरेल सप्तरी आउन लाग्नुभएको हो । 

गृह मन्त्रालयको भदौ ४ गतेको निर्णयअनुसार राजपत्रांकित प्रथम श्रेणी (रा.प. प्रथम) का १७ जना सीडीओ तथा सह–सचिवको सरुवा तथा पदस्थापन गरेको छ । 

गृह मन्त्रालयको यो निर्णयसँगै मुलुकका विभिन्न जिल्लामा सीडीओहरूको व्यापक हेरफेर भएको छ ।

   

You cannot copy content of this page