मंगलबार, ११ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, ११ कात्तिक २०८३
कोशी प्रदेश

उदयपुरमा विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक श्रेष्ठ पक्राउ

सप्तकोसी । उदयपुरको बेलका नगरपालिका वडा नम्बर २ को एक बोर्डिङ स्कुलका प्रधानाध्यापक आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

उदयपुर जिल्लाको बेलका नगरपालिका–२ मा संचालित कन्चनजंगा हिमशिखर सामुदायीक ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक ४७ वर्षीय युवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानाध्यापक श्रेष्ठलाई आफ्नै विद्यालयमा अध्ययन गर्ने १४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोप छ ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट अरोपित श्रेष्ठले बोडिङ्ग स्कुलकै कोठामा बालिकालाई बलात्कार गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंले जानकारी दिनुभयो । 

आफ्नै बिधालयका प्रधानाध्यापकले बालिकालाई जबरजस्ती करणी गरेको हुदाँ आवश्यक कारबाही गरी पाउँ भनि बालिकाको आफन्तले इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएपछि श्रेष्ठलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय रामपुरमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page