समाचार

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका  खोलियो 

कञ्चनरूप । सप्तकोसी नदीमा पानीको सतह क्रमिक रूपमा बढ्दै गएको छ । आइतबार राति १० बजे गरिएको मापनअनुसार नदीमा पानीको बहाव २ लाख २६ हजार ५६० स्यूसिक्स पुगेको कोसी व्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये ३१ ढोका खोलिएका छन् । कोशी बराज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।

सप्तकोसी नदीमा पानीको सतह लगातार बढिरहेको छ ।

   

You cannot copy content of this page