कञ्चनरूप, १९ भदौ । मधेश प्रदेशमा भोलि शुक्रबार सार्वजनिक बिदा दिइएको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै मोहम्मद जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालद्वारा जारी सूचनामा भनिएको छ- मधेश प्रदेश सरकारद्धारा मिति २०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचना सम्बन्धमा मिति २०८२।०५।२० गते शुक्रबार “मोहम्मद जयन्ती” को अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।


