समाचार

गृहमन्त्री रमेश लेखकले राजीनामा दिए

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन्। मन्त्रिपरिषद् बैठक बसिरहेका बेला गृहमन्त्री लेखकले राजीनामा बुझाएको हो ।

सोमबार जेन-जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका हुन् ।

राजनीतिक भ्रष्टाचार र सरकारले केही चल्तीका सामाजिक सञ्जालको पहुँचमा लगाएको प्रतिबन्धको विरोधमा आफूलाई ‘जेन जी’ भनेर चिनाउने नवयुवा पुस्ताले सामाजिक सञ्जालबाट आह्वान गरेको प्रदर्शनमा प्रशासनले दमन गरेको थियो।

मारिने र घाइते हुनेमा विद्यालयकै पोसाकमा रहेका विद्यार्थी पनि रहेको विवरण आएका छन्।

   

You cannot copy content of this page