समाचार

राजविराज कारागारबाट २०५ कैदीहरु जेल तोडेर भागे

कञ्चनरूप, २५ भदौ । सप्तरीको राजविराज कारागारमा जेल तोडेर २०५ कैदी भागेका छन् । बुधबार कैदीले कारागारमा आगो लगाएर तोडफोड गरि परार भएका हुन  ।

जेलबाट कति कैदीबन्दी फरार भए भन्ने तथ्यांक भने एकिन भएको छैन । 

अहिले कारागारमा नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको छ ।

कैदी बन्दीले भित्र आगो नै लगाइदिएका छन । प्रहरीले केही राउन्ड गोली समेत चलाएको छ । पर्खालमा प्वाल बनाई उनीहरू भागेका कारागार प्रशासनले जनाएको छ ।

   

You cannot copy content of this page