शिक्षा समाचार

त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन अब कार्त्तिक ११ देखि मात्रै हुने भएको छ । 

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा कीर्तिपुर काठमाडौँले बिहीबार एक सुचना जारी गर्दै कार्त्तिक ११ देखि मात्रै सम्पूर्ण पठनपाठन हुने जनाएको हो । 

प्रमुख लिल्ली थापा क्षेत्रीद्वारा जारी सूचनामा भनिएको छ – मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे विदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने छ ।

   

You cannot copy content of this page