काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गर्नुभएको छ । प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उहाँले संसद बिघटनको सिफारिस गर्नुभएको हो ।
प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर हुने प्रक्रियामा रहेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकारले जानकारी दिनुभयो ।
६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

